एमालेको अवरोधपछि संसद बैठक शुक्रबारसम्म स्थगित
संसदमा सभामुखविरुद्ध नै नाराबाजी घन्कियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई पटकसम्म पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
एमाले सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित भएको छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई बैधानिकता दिएको आरोप लगाउँदै एमालेले बैठक चल्न नदिएको हो ।
शुक्रबार बैठक बस्नु अघि नै सभामुख सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास गर्नेछन् ।
यसअघि संसदको बुधबारको बैठक शुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि एमाले सचेतक विशाल भट्टराईलाई सभामुखले बोल्ने समय दिएका थिए । उनले सभामुखको जवाफ आएसम्म बैठक चल्न नदिने बताएपछि एमाले सांसदहरु उठेर सभामुखविरुद्ध नै नाराबाजी गरेका थिए ।
सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीकाबीच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरु चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादवको नाम मनोनयन गरेको पढेर सुनाएका थिए ।
राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश
राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश भएको छ ।
बुधबार नेकपा एमालेको बिरोधका बाबजुद प्रतिनिधिसभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गरेका हुन् ।
विरोधकाबीच गृहमन्त्रीले अध्यादेश पेश गरे लगत्तै सभामुख सापकोटाले शुक्रबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
एमाले सांसदहरुको नाराबाजीपछि यसअघि बुधबार नै बैठक १५ मिनेट स्थगित गरी पुनः शुरु गर्न खोज्दा दोस्रो पटक पनि अवरुद्ध गरेपछि पुनः १५ मिनेट बैठक स्थगित गरिएको थियो ।
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया