खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौँ। इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन÷तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
“पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरुसँग जानकारी दिने काम भइरहेको छ । पक्राउ परेका नेपाली नागरिक कुन कानुन उल्लङ्घनअन्तर्गत पक्राउ गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ”, प्रवक्ता क्षेत्रीले भने ।
मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखीम नरहेको प्रवक्ता क्षेत्रीले बताए । उनका अनुसार खास गरी होटल, रेष्टुरेण्ट र पर्यटन जस्ता क्षेत्रमा नेपाली कामदारले जागीर गुमाउने चिन्ता बढेको भए पनि ठूलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरुले जानकारी दिएका छन् । खाडी मुलुकमा युद्धबाट प्रभावीत÷ असुरक्षित भई घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको उनले बताए ।
मन्त्रालयले जारी गरेको ‘कल सेन्टर’मा नेपाली नागरिकले उडानको अवस्था के छ रु घर फर्किन चाहने र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका प्रवक्ता क्षेत्रीले बताए । “अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन् । असुरक्षित छु भन्नेको सङ्ख्या विस्तारै कम हुँदै गएको छ । असुरक्षित छु भन्नेहरुले पनि विस्तारै सुरक्षित भएर यहीँ काम गर्ने भनिरहेका छन् । ट्रान्जिटमा परेकाहरुको उद्धार लगभग पूरा भइसकेको छ”, उनले भने ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया