जेलमा आगलागी हुँदा ४१ को मृत्यु
मेरोन्यूज
२०७८ भदौ २३ गते २०:१८

जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
घाइते सवैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
स्थानीय समय अनुसार बिहान २ः२० बजे आगलागी भएको थियो र बिहान ३ः३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए ।
इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नको लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताएका छन् । प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरुमध्ये धेरै लागुऔषधमा संलग्न रहेको जनाइएको छ । (एजेन्सी)
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया