एमसीसी उपाध्यक्ष सुमार नेपाल आउन लागेपछि विमानस्थलको सुरक्षा कडा (फोटोफिचर)

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को टोली नेपाल आउने लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कडा पारिएको छ ।
नेपालको चारदिने भ्रमणका लागि उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज बिहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौँ पुग्दैछन् । उनीहरुको सुरक्षका लागि त्रिभुवन विमानस्थल प्रवेशमा कडाई गरिएको छ । विमानस्थल भित्र पत्रकारलाई पनि निषेधित गरिएको बताइएको छ ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनीहरु नेपाल आउन लागेका हुन् । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलीपल्ट उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको छ ।
सरकारले एमसीसी संसदमा लैजाने तयारी गरेको छ । चारदिने नेपाल बसाइँको क्रममा सुमारले एमसीसी कार्यान्वयनबारे विभिन्न पक्षहरुसँग छलफल गर्ने बताइएको छ ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया