उपेन्द्र निवासमा सत्ता गठबन्धनका तीन दलको छलफल
प्रचण्ड, माधव नेपालसहितको जमघट, एमसीसीमा साझा धारणा, सरकार विस्तार लगायतका विषयमा छलफल केन्द्रीत

काठमाडौं । सत्ता गठबन्धन दलमध्येका तीन दलको वैठक उपेन्द्र यादवको निवास बालकुमारी ललितपुरमा वसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरुको सहभागिता छ ।
विहान ९ वजेवाट तीन नेताले उपेन्द्र यादवको निवासमा छलफल गरेका हुन् ।
सत्ता गठवन्धनको नेतृत्व गरिरहेको काग्रेस र सरकारको सहयोगी बनेको राष्टिय जनमोर्चाका नेताहरु भने छलफलमा सहभागी छैनन ।
माओवादी केन्द्र दुई मन्त्रालय सहित सरकारमा सहभागी भईसकेको छ भने प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रालय भागवन्डा र मन्त्रिपरिषद् विस्तारको नीति लिनेवित्तिकै सरकारमा जान जसपा र नेकपा (एस) तयार भउर वसेको छ।
उपेन्द्र निवासमा यही तीन दल अर्थात जसपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरुको बैठक बसेको हो ।
बैठकमा सत्ता गठवन्धनभित्र देखा परेका समस्या, संसदमा प्रतिपक्षी एमालेले गरेको विरोध र देखाएको प्रर्दशन, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाई र विवादित वनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा साझा धारणा बनाउनका लागि छलफल केन्द्रीत भएको स्रोतको भनाई छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स राजनीतिक दलका नेताहरुसँगको भेटघाट गर्ने र नेपालमा एमसीसी पारित गराउने भूमिका निर्वाहका लागि काठमाडौं आइपुगेको सन्दर्भमा प्रमुख तीन दलले एउटै धारणा बनाउने र सोही अनुसार प्रस्तुत हुने योजनाका साथ पनि यो छलफल भएको हुन सक्ने अनुमान लगाइएको छ ।
एमसीसीमा उठेका प्रश्नहरुको सरकारले सोधेको जवाफ दिएर एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौंमा आईपुगेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितीमै एमसीसी पारित गर्ने पक्षमा छैन । तर जसपा यो विषयमा मौन वसिरहेको छ । सत्ता गठवन्धनको नेतृत्व गरिरहेको काग्रेसले भने पारित गर्नुपर्ने पक्षमा लविङ गरिरहेको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया