तीजका वर्तालुको शिवालयमा भीड (फोटोफिचर)

काठमाडौँ । हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो । विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन् । पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन् ।

पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइएको छ । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका छन् । मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै छन् । तर पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन ।



















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया