विश्वप्रकाश शर्माले घोषणा गरे – महामन्त्रीमा उम्मेदवारी दिन्छु

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विपि स्मृति संग्राहालय सुन्दरीजलमा पुगेर उनले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका हुन् ।
ज्योतिषले दिएको समय लाई हेरेर उनले १ वजेर ७ मिनेटमा उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काग्रेस विधानमा दुई जना महामन्त्री रहने ब्यवस्था छ । यस अगाडी कांग्रेसका युवा नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुँदै छ ।
विपि कोइरालालाई सम्झेर विश्वप्रकाशले उम्मेदवारी घोषणा कार्यक्रम विपि जेल जसेको सुन्दरीजलमा पुगेरै घोषणा गरेका हुन् । उनले त्यहाँ वृक्षारोपण गरेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।
शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए। २५ जनाको लागि भएको खुला निर्वाचनमा उनी १४औँ स्थानमा थिए।
अहिले पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापतिसमेत हुन्।











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया