मंगलबार, फागुन ५, २०८२

विश्वप्रकाश शर्माले घोषणा गरे – महामन्त्रीमा उम्मेदवारी दिन्छु

मेरोन्यूज २०७८ भदौ २४ गते १३:०४


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विपि स्मृति संग्राहालय सुन्दरीजलमा पुगेर उनले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

ज्योतिषले दिएको समय लाई हेरेर उनले १ वजेर ७ मिनेटमा उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काग्रेस विधानमा दुई जना महामन्त्री रहने ब्यवस्था छ । यस अगाडी कांग्रेसका युवा नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुँदै छ ।


विपि कोइरालालाई सम्झेर विश्वप्रकाशले उम्मेदवारी घोषणा कार्यक्रम विपि जेल जसेको सुन्दरीजलमा पुगेरै घोषणा गरेका हुन् । उनले त्यहाँ वृक्षारोपण गरेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।
शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए। २५ जनाको लागि भएको खुला निर्वाचनमा उनी १४औँ स्थानमा थिए।
अहिले पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापतिसमेत हुन्।

प्रतिक्रिया