एमाले छाड्ने भन्दै दायर गरेका सांसदको रिट हेर्न नभ्याइनेमा
मेरोन्यूज
२०७८ भदौ २४ गते १४:३४

काठमाडौँ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एकृकीत समाजवादी पार्टीमा सनाखत गर्न नदिएको भन्दै सर्वोच्च अदालतमा पुगेका दुई सांसदहरूको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । उनीहरले दर्ता गराएको रिट हेर्न नभ्याइनेमा राखिएको हो ।
रिटमाथि बिहीबार न्यायाधीश अनिलुकमार सिन्हाको एकल इजलासमा सुनुवाई तोकिएको थियो । बुधबार एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजेको तर सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया