स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ भदौ २४ गते १५:३६

काठमाडौं । काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँसहित राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिएको हो ।
आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया