लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन् । कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री चौधरीले अबदेखि दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्देश्यले पाँचतारे होटलमा कार्यक्रम नराख्ने बताए । उनले लक्षित सामुदायिक र क्षेत्रमा सो रकम लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडिबीको निरन्तर सहयोगको प्रशंसा गरे ।
हाल सञ्चालनमा रहेका उच्च मूल्यका कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरूका विषयमा छलफल भएको थियो । त्यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धि सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौती समाधान गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
साथै बीउविजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रूत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताए । सो अवसरमा एडिबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक रूपमा लिएको मन्त्री चौधरीले उल्लेख गरेका थिए ।
छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो । यसैगरी, भू(जल पुनर्भरण (वर्षा वा सतहको पानी जमिनमुनि सोसिएर पुग्ने र भूमिगत जलभण्डारलाई पुनः भर्ने प्राकृतिक वा कृत्रिम प्रक्रिया), अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।















जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
जंगली च्याउ खाँदा झापामा ११ जना बिरामी
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया