सामूहिक हत्या प्रकरण : इटहरीमा गरियो दाहसंस्कार, अनुसन्धान प्रगति उन्मुख

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या गरिएका तेजबहादुर कार्कीसहित ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ । मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीका अनुसार उनीहरूको आज दाहसंस्कार गरिएको हो ।
बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान पुगेका थिए । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
यस्तै, हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल पुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी १ खोला गाउँमा पुगेका हुन् ।
विभत्स हत्याको घटना रहस्यमयी बन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
प्रहरीका विभिन्न टोलीले घटनाको सम्बन्धमा सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनले जानकारी दिए ।
अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरी सक्रिय रूपमा लागेको उनले बताए । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको भनाइ थियो । घटना भएको ४ दिन भइसक्दा पनि विभत्स हत्या प्रकरण रहस्यमै छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया