अमेरिकीसहित २ सय जनालाई काबुलबाट बाहिरिन अनुमति
मेरोन्यूज
२०७८ भदौ २४ गते २०:५३

काठमाडौँ । अफगानिस्तानमा तालिवानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब दुई सय जनालाई फिर्ता हुन तालिवानले अनुमति दिएको छ ।
अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् । तालिवानले उनीहरूलाई बाहिर जान दिएपछि अफगानिस्तानबाट कतारको उडानमार्फत् उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो ।
अफगानिस्तानबाट बाहिरिनेमा करिव दुई सय जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिवानले नियन्त्रण गरेपछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् ।
सम्बन्धित
प्रतिक्रिया