अमेरिकीसहित २ सय जनालाई काबुलबाट बाहिरिन अनुमति
मेरोन्यूज
२०७८ भदौ २४ गते २०:५३

काठमाडौँ । अफगानिस्तानमा तालिवानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब दुई सय जनालाई फिर्ता हुन तालिवानले अनुमति दिएको छ ।
अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् । तालिवानले उनीहरूलाई बाहिर जान दिएपछि अफगानिस्तानबाट कतारको उडानमार्फत् उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो ।
अफगानिस्तानबाट बाहिरिनेमा करिव दुई सय जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिवानले नियन्त्रण गरेपछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया