प्रतिनिधिसभा बैठक
सांसद सुवालले पेश नै नगरेकाे अध्यादेश अस्वीकृत !
एमालेको बिरोधकाबीच सभामुख अगाडि बढे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच प्रतिनिधिसभाको बैठक चलेको छ ।
यसअघि संसदको पहिलो बैठक एमालेको विरोधकै कारण स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले बिरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका हुन् ।
बैठकमा एमाले सांसदरुले नाराबाजी गरिरहेका छन् भने सभामुखले बैठक अघि बढाइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले रोष्ट्रममा आएर अध्यादेश पेश गर्न माग गरे पनि यथास्थानबाटै बोल्न सभामुखले आग्रह गरेका थिए । नेमकिपा सांसद सुवालले प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताएका थिए । नेमकिपा सांसद सुवाल रोष्ट्रममा गएर अध्यादेश प्रस्तुत नपाएपछि अध्यादेश पेश गरेनन् ।
अवरोध छिचोल्दै अर्थमन्त्रीले रोष्ट्रममा
संसद सुवालपछि सभामुख सापकोटोले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिएका थिए । मन्त्री शर्माले भने एमालेको बिरोध छिचोल्दै रोष्टममा गएर नै बोलेका थिए ।
एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकबाट आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।
यस्तै एमालेकाे बिराेधकैबीच विनियोजन अध्यादेश पनि ध्वनी मतले पारित गरिएको छ ।
मन्त्री शर्माले राष्ट्र ऋण उठाउने सम्बन्धि अध्यादेश पेश गरे । मन्त्री शर्माले अध्यादेश पेश गरेपछि सभामुख सापकोटाले पुनः अध्यादेश फिर्ता लिन सांसद सुवाललाइ समय दिए ।
मैले अध्यादेश नै पेश गरेको छैन, के फिर्ता लिनु ? सांसद सांसद सुवालले सभामुखलाई प्रश्न गरे । तर पनि सभामुख सापकोटाले सांसद सुवालले पेश गरेको अध्यायादेश बहुमतले अस्वीकृत भएको घोषणा गरे ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया