शुक्रबार, चैत २७, २०८२

देशभरका १३ वटा ठूला अस्पतालमा १० शय्याको मानसिक रोगको वार्ड बनाइने

मेरोन्यूज २०७८ भदौ २५ गते १६:३५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साइकोट्रोफिक ड्रग अन्तर्गत सबै प्रदेशमा ५० लाखको दरले बजेट विनियोजन भएको जनाएको छ। मानसिक अस्पतालमा नेश्नल सुसाइड प्रिभेन्सन हेल्पलाइन ११६६ संचालनमा आएको जनाइएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रालयले यस आर्थिक वर्षमा देशभरका १३ वटा ठूला अस्पतालहरुमा १० शय्याको मानसिक रोगको वार्ड बनाउने कार्यक्रम अगाडि बढाएको जनाएको छ।

विश्व स्वास्थ्य संगठनको सहयोगबाट संचालित यो सेवा यसै आर्थिक वर्षबाट सरकारले संचालन गर्ने छ। यस सेवालाइ क्रमिकरुपमा प्रादेशिक स्तरमा विस्तार गर्दै लगिने छ।

प्रत्येक स्थानीयतहमा एकजना मनोविमर्शकर्तासमेतको सेवा विस्तार गर्ने मन्त्रालयले जनाएको छ । सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम ४२ जिल्लाबाट आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया