शुक्रबार, चैत २७, २०८२

नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही

मेरोन्यूज २०८२ चैत २७ गते १६:५८

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलको विचार एकै भएको टिप्पणी गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्ञानेन्द्रले नयाँ र पुराना दलको साइनबोर्डहरू फरक फरक भएपनि विचारको नाभी एकै ठाउँमा रहेको टिप्पणी गरे ।

‘हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भए तापनि उनीहरूको बिचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको स्पष्ट भएको छ। यो व्यवस्थाको विकल्पको रूपमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्नेहरू बीचको स्पष्ट कित्ता छुट्टिएको हामीले महसुस गरेका छौँ’ उनले भने ।

उनले संसदमा सङ्ख्याको हिसाबले कम भएपनि बलियो प्रतिपक्ष आफूहरू मात्रै भएको बताए।

उपसभामुखमा रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन पाएरै उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया