देउवाले गरे यादवको राजीनामा अस्वीकृत
भन्छन्– विवश भएर आफ्नो भूमिकामा फर्किएँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिबाट राजीनामा दिएका पार्टी निर्वाचन समितिका संयोजक महादेव यादवको राजीनामा अस्वीकृत गरिदिएका छन् ।
पार्टी विवादका कारण निर्वाचन समितिमा रहेर काम गर्न नसक्ने भन्दै यादवले भदौ २३ गते निर्वाचन समिति संयोजकबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि भएका निर्वाचन विवादस्पद हुनुका साथै २१ जिल्लाको क्रियाशील सदस्यको नामसमेत निर्वाचन समितिलाई नदिएकाले काम गर्न नसकिने भन्दै यादलले राजीनामा दिएका थिए ।
पार्टी सभापति देउवाले राजीनामा अस्वीकृत गरी पठाएको पत्र महामन्त्री पूर्णबहादुर खड्काले यादवलाई बुझाएपछि उनी विवश भएर पुरानै जिम्मेवारीमा फर्किएका छन् ।
‘मैले दिएको राजीनामा स्वीकृत भएन । आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ’, यादवले मेरोन्यूजसँग भने–‘पार्टीको अनुशाशित कार्यकर्ता भएको हुनाले विवश भएर पुरानै जिम्मेवारीमा फर्किएको छु ।’
आपूmले दिएको राजीनामा अस्वीकृत भई काम गर्न अग्रह गरिएपछि विवश भएर पुरानै जिम्मेवारीमा फर्किएका उनले शुक्रबार पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका आफ्नै हस्ताक्षरमा सर्वाजनिक गरेका छन् ।















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया