आयल निगमको विज्ञ सदस्य नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको ‘विज्ञ सदस्य’मा सहदेव बोगटीको नियुक्ति गरिएको सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च आदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले बोगटीलाई विज्ञ सदस्य नियुक्त नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।
विज्ञ सदस्यका लागि चाहिने ज्ञान र अनुभव बोगटीमा नभएको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।
‘आयल निगमको कार्यप्रकृतिको दृष्टिले हेर्दा सो निगमको सञ्चालक समितिको विज्ञ सदस्य पदमा मनोनयन हुनका लागि त्यससम्बन्धी विषयमा चाहिने न्यूनतम ‘ज्ञान र अनुभव’ भएका विज्ञ भनी मान्न सकिने योग्यता रहेको देखिनु पर्दछ ।’–आदेशमा भनिएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको ‘विज्ञ सदस्य’ हुनका लागि आवश्यक बाञ्छानीय योग्यता हासिल गरेको भनी मात्र मिल्ने नदेखिने आदेशमा उल्लेख छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया