जेलबाट छुटेसँगै लिबियाका पूर्व युवराज सादी पुगे टर्की

काठमाडौँ । सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर कद्दाफीका छोरा सादी काद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेका छन् । उनका प्रवक्ता मोसा इब्राहिमका अनुसार उनी जेलबाट छुटेसँगै टर्की पुगेका हुन् ।
कद्दाफी शासन कालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी खेलकूदका लागि चिनिँदै आएका थिए । इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन भएका थिए । उनलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरिएको थियो ।
उनलाई गद्दाफीका पूर्व मन्त्री र गुप्तचर प्रमुख अहमद रमजानलगायतका अन्य धेरै कैदीहरूसँग रिहा गरिएको थियो । सुरुमा लिबियाली सञ्चारमाध्यमले गद्दाफी टर्की पुगेको जानकारी दिएका भए पनि टर्कीको विदेश मन्त्रालयले शुक्रबार एएफपीलाई इस्तानबुलमा सादीको उपस्थितिबारे ‘केही थाहा नभएको’ बताएको थियो ।
इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१४ पछि त्रिपोलीको जेलमा थुनिएका सादीविरूद्ध सन् २०११ को अरब आन्दोलनमा प्रजातन्त्रका लागि भएका प्रदर्शनमा सहभागीहरूविरुद्ध अपराध गरेको र २००५ मा लिबियाका फुटबल प्रशिक्षक बासिर अल–रायनीको हत्याको आरोप लगाइएको थियो ।
अप्रिल २०१८ मा रायानीको हत्याको अभियोगमा पुनरावेदन अदालतले उनलाई सफाइ दिएको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया