व्यवसायी तथा पूर्व राजदुत रुक्मशमशेर राणाको निधन

काठमाडौं । पूर्व राजदुत तथा व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आफ्नै निवास बत्तिसपुतलीमा आज बिहान निधन भएको हो । लामो समयदेखि मृगौला रोगबाट पीडित राणाले नियमति डायलाइसिस गर्दै आएका थिए ।
उनी नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् । उनी सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।
उनी भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक थिए । राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्य सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्य सचिव थिए । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष थिए ।
राणाको अन्तिम दाहा संस्कारको कार्यक्रम भोलि आइतबार मात्रै हुने भएको छ ।
















जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया