तालिवानले गरे अफगानी पूर्व उपराष्ट्रपतिका दाइको हत्या, शव दिन अस्वीकार

काठमाडौँ । तालिवानका लडाकुले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका दाजुको हत्या गरेका छन् । अमुरुल्लाहका दाजु रोहुल्लाह सालेहको हत्या गरिए पनि शव दिएका छैनन् ।
रोहुल्लाहका भतिज इबादुल्लाका अनुसार तालिवान मंगलबार उनको हत्या गरेका थिए । परिवारले हत्या भएका रोहुल्लाहको शव मागे पनि दिन अस्वीकार गरेको इबादुल्लाहले बताएका छन् । तालिवानले उनको शव कुहिनु पर्ने भन्दै नदिएको समाचार जनाइएको छ ।
तालिवानले रोहुल्लाहलाई पंजशीरको लडाइँमा हत्या गरेका थिए । सुरुमा पिटेका तालिवानका लडाकुले उनलाई घाँटी रेटेर घाइते बनाएका थिए । पछि उनमाथि गोली वर्षाइएको थियो ।
समाचारमा जनाइएअनुसार उनी पंजशीरबाट राजधानी काबुल जाने तयारीमा रहेका थिए । तालिवानले उनी काबुल जाने भएसँगै घर घेरा हालेर बन्दी बनाएका थिए । पछि उनको हत्या गरिएको हो ।
उनीसँगै तालिवानले पंजशीरका केही विशिष्ठ नेताहरूको समेत हत्या गरेका थिए । तालिवानका लडाकुले पाकिस्तानी वायुसेनाको मद्दतमा पंजशीरका विशिष्ठ नेताहरूमाथि हवाई हमला गरेका थिए । एजेन्सी
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया