तालिवानले गरे अफगानी पूर्व उपराष्ट्रपतिका दाइको हत्या, शव दिन अस्वीकार

काठमाडौँ । तालिवानका लडाकुले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका दाजुको हत्या गरेका छन् । अमुरुल्लाहका दाजु रोहुल्लाह सालेहको हत्या गरिए पनि शव दिएका छैनन् ।
रोहुल्लाहका भतिज इबादुल्लाका अनुसार तालिवान मंगलबार उनको हत्या गरेका थिए । परिवारले हत्या भएका रोहुल्लाहको शव मागे पनि दिन अस्वीकार गरेको इबादुल्लाहले बताएका छन् । तालिवानले उनको शव कुहिनु पर्ने भन्दै नदिएको समाचार जनाइएको छ ।
तालिवानले रोहुल्लाहलाई पंजशीरको लडाइँमा हत्या गरेका थिए । सुरुमा पिटेका तालिवानका लडाकुले उनलाई घाँटी रेटेर घाइते बनाएका थिए । पछि उनमाथि गोली वर्षाइएको थियो ।
समाचारमा जनाइएअनुसार उनी पंजशीरबाट राजधानी काबुल जाने तयारीमा रहेका थिए । तालिवानले उनी काबुल जाने भएसँगै घर घेरा हालेर बन्दी बनाएका थिए । पछि उनको हत्या गरिएको हो ।
उनीसँगै तालिवानले पंजशीरका केही विशिष्ठ नेताहरूको समेत हत्या गरेका थिए । तालिवानका लडाकुले पाकिस्तानी वायुसेनाको मद्दतमा पंजशीरका विशिष्ठ नेताहरूमाथि हवाई हमला गरेका थिए । एजेन्सी
प्रतिक्रिया