एमसीसीविरुद्ध आन्दोलनमा जनताको आवाज सुन्नु पर्छ : राजेश हमाल (भिडिओसहित)

काठमाडौँ । महानायक राजेश हमालले जनताको भावना र आवाजविपरीत काम गर्दा दूरगामी असर पर्ने बताएका छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई दिने भनिएको सहयोगका विषयमा देशभर आन्दोलन र विद्रोह भइरहँदा सरकार र सम्बन्धिन निकायले जनताको आवाज सुन्नु पर्ने बताए ।
‘हुन त राज्यको एउटा नीति हुन्छ, नेपालको पनि आफ्नै नीति रहेको छ, जसले सबै देशसँग राम्रो सम्बन्ध कायम गरी अगाडि बढ्ने रहँदै आएको छ,’ एक भिडिओ सन्देशमा उनले भने, ‘विश्वको बदलिएको राजनीतिक अवस्थामा नेपालमा आउन लागेको एमसीसीको सहयोग नेपाली जनताको असन्तुष्टि रहँदै आएको छ, नेपाली समूदायले आफ्नो सार्वभौम सत्ता र स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको महसुस गरेको छ, जो स्वाभाविक पनि हो ।’
नायक हमालले अस्पष्ट भएको एमसीसीका बुँदाहरूमा नेपाल र अमेरिका सरकारले स्पष्ट बनाइदिनु पर्ने उत्तरदायित्व रहेको बताए । उनले नागरिकको चाहनाविपरीत काम हुँदा असर पर्ने भएकाले यो स्पष्ट हुनु पर्नेमा जोड दिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया