एमसीसीविरुद्ध आन्दोलनमा जनताको आवाज सुन्नु पर्छ : राजेश हमाल (भिडिओसहित)

काठमाडौँ । महानायक राजेश हमालले जनताको भावना र आवाजविपरीत काम गर्दा दूरगामी असर पर्ने बताएका छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई दिने भनिएको सहयोगका विषयमा देशभर आन्दोलन र विद्रोह भइरहँदा सरकार र सम्बन्धिन निकायले जनताको आवाज सुन्नु पर्ने बताए ।
‘हुन त राज्यको एउटा नीति हुन्छ, नेपालको पनि आफ्नै नीति रहेको छ, जसले सबै देशसँग राम्रो सम्बन्ध कायम गरी अगाडि बढ्ने रहँदै आएको छ,’ एक भिडिओ सन्देशमा उनले भने, ‘विश्वको बदलिएको राजनीतिक अवस्थामा नेपालमा आउन लागेको एमसीसीको सहयोग नेपाली जनताको असन्तुष्टि रहँदै आएको छ, नेपाली समूदायले आफ्नो सार्वभौम सत्ता र स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको महसुस गरेको छ, जो स्वाभाविक पनि हो ।’
नायक हमालले अस्पष्ट भएको एमसीसीका बुँदाहरूमा नेपाल र अमेरिका सरकारले स्पष्ट बनाइदिनु पर्ने उत्तरदायित्व रहेको बताए । उनले नागरिकको चाहनाविपरीत काम हुँदा असर पर्ने भएकाले यो स्पष्ट हुनु पर्नेमा जोड दिए ।










हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया