एमालेको विधान महाधिवेशनको मिति सर्यो, असोज १५ देखि काठमाडौंमा गरिने
कस कसले भाग लिन पाउँछन् विधान महाधिवेशनमा ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि काठमाडौंमा हुने भएको छ।
शनिबार बसेको स्थायी कमिटी बैठकले यसअघि तय भएको मिति परिवर्तन गर्दै असोज १५ गतेका लागि सारेको हो । काठमाडौंमा हुने विधान अधिवेशन तीन दिनसम्म चल्ने एमाले सचिब योगेश भट्टराइले जानकारी दिए ।
स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या टुंगो लगाएको छ ।
एमालेको विधानमा महाधिवेशनमा विधान परिषद्का सदस्यले भाग लिने व्यवस्था गरिएको भए पनि हाल सो परिषद् नभएकाले बाधाअड्काउ फुकुवामार्फत प्रतिनिधिबारे निर्णय गरिएको भट्टराईले बताए ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय आयोगहरुका सबै पदाधिकारी र सदस्य, विभागबाट १५ जना, सबै जनवर्गीय संगठनबाट १०–१० जना राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशका सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला, एक पुरुष र एक दलित, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।
दश प्रतिशत प्रतिनिधिहरु केन्द्रीय कमिटीले मनोनित गर्नेसमेत वैठकले निर्णय गरेको छ । सबै गरी करिब ३ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने सचिब भट्टराईले जानकारी दिएका छन् ।
विधान महाधिवेशन तयारीका विषयमा असोज ३ र ४ गते स्थायी कमिटी तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने छ ।
















सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया