बिहीबार, माघ १, २०८२

बालबालिकालाई दिइने फाइजरले पायो नेपालमा प्रयोग अनुमति, १५ दिनभित्र १ लाख ल्याइदै

मेरोन्यूज २०७८ भदौ २७ गते ९:१९

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप फाइजर बायोन्टेकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोप सरकारले ल्यायर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको जानकारी दिए ।

सरकारले १२ वर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरीद गर्ने योजना अघि सारेको छ । कोभ्याक्स सुविधाबाट समेत यो खोप नेपालले प्राप्त गर्ने बताइएको छ ।

केही साता भित्रै नेपालमा १ लाख डोज फाइजर खोप ल्यान लागिएका र आगामी पुस माघसम्म यो उमेर समूहका सबैलाई खोप ल्याउन सरकारी एजेन्सीलाई मात्रै अनुमति दिइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले जनाएको छ ।

प्रतिक्रिया