सहमति नजुट्दै सकियो सत्ता पक्षीय गठबन्धनको बैठक
मेरोन्यूज
२०७८ भदौ २७ गते १३:०७

काठमाडौँ । सत्ता पक्षीय गठबन्धनका नेताहरुको बैठक बिना सहमतिमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता पक्षीय गठबन्धनका शिर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद विस्तारका विषयमा सहमिति जुटाउन सकेन ।
मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन पटक पटक भने पनि शीर्ष नेताहरुले मन्त्रीको नाम टुङ्गो नलगाउदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको बताइएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया