बुधबार, फागुन ६, २०८२

संसद सुरू भएसँगै अवरोध, पार्टी फुटाउन पाइँदैन भन्दै नारा जुलुस

मेरोन्यूज २०७८ भदौ २७ गते १३:३६

काठमाडौँ । दिउँसो १ बजेदेखि सुरू भएको प्रतिनिधिसभा बैठकमा अवरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रमुख विपक्षी दल एमालेले बैठक सुरु भएसँगै नाराबाजी गरी बैठक अवरुद्ध गरेको हो । यसअघि गत २५ गते बसेको बैठकमा समेत एमालेले अवरुद्ध गरेको थियो ।

एमालेका सांसदहरूले पार्टी फुटाउन पाउँदैन भन्दै नाराबाजी गरेका छन् । यसबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न पटकपटक अनुरोध गरेका थिए ।

प्रतिक्रिया