प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण नियमित सञ्चालन हुन नसकेको प्रतिनिधिसभाको बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको छ ।
आजको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित गरिएको थियो ।
१५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः शुरु गरिएलगत्तै एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि संसद बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
आज र भोलि दलहरुबीच सहमति जुटाउने समय राखी सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।
आजको बैठक शुरु हुनुअघि नै सभामुख सापकोटाले एमाले नेताहरुसँग छलफल गरेका थिए ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया