कांग्रेसको ७० वर्षीय इतिहास : नेतृत्वमा न महिला, न समावेशी

काठमाडौँ । नेपाली कांग्रेसको सात दशक लामो इतिहास हेर्दा १३ वटा महाधिवेशन भएका छन् । तर, उक्त महाधिवेशनमा पार्टी सभापति बन्ने अवसर न महिलाले पाए, न मधेसी, आदिवासी वा दलित समुदायका व्यक्तिले नै ।
पहिलोपटक मन्त्री मण्डलमा महिलालाई समावेश गर्ने पार्टी नेपाली कांग्रेस नै थियो । द्वारिकादेवी ठकुरानी कांग्रेसको नेतृत्वमा बनेको सरकारमा कांग्रेसकै महिलाको तर्फबाट पहिलोपटक स्वास्थ्य सहायक मन्त्री बनेकी थिइन् । क्रमश: मंगलादेवी सिंह पार्टीको नेतृत्व तहमा थिइन् । उनको २०५३ सालमा निधन भयो ।
कांग्रेसमा दिवंगत नेतृ शैलजा आचार्य सरकारमा उपप्रधानमन्त्री तथा पार्टीमा उपसभापतिसम्म बनेको इतिहास छ । कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला पनि उपप्रधानमन्त्रीसम्म भएर सरकारमा जिम्मेवारी सम्हालेकी थिइन् ।
उनै सुजता अहिले पार्टीको सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेकी छन् । तर, उनको उम्मेदवारी महाधिवेशनसम्म टिक्ने नटिक्नेमा अझै अन्योल देखिन्छ । त्यसयता कांग्रेसको कोषाध्यक्षभन्दा माथिका पदमा महिलाले जिम्मेवारी पाएका छैनन् ।
१२ औँ महाधिवेशनबाट कोषध्यक्षसमेत भइसकेकी र प्रतिनिधिसभाका पूर्व उपसभामुखको जिम्मेवारी सम्हालेकी चित्रलेखा यादव अहिले कांग्रेसभित्रै हराउन पुगेकी छन् । ०६२/०६३ को आन्दोलनका क्रममा चित्रलेखाले सडक सदन चलाएर चर्चा बटुलेकी थिइन् । तर, पार्टीको सभापति वा कांग्रेसका तर्फबाट प्रधानमन्त्री बन्ने मौका कसैले पाएका छैनन् ।
अहिलेको वर्तमान केन्द्रीय कार्य समितिमा पनि पदाधिकारी ८ जनामध्ये कोषाध्यक्ष सीतादेवी यादवबाहेक सबै पुरुष छन् ।
केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीलाई मजबुत बनाउन सबै लिंग, वर्ग, जातजाति र क्षेत्रको समानुपातिक प्रतिनिधित्वका हुनु पर्ने बताउँछिन् । अबको महाधिवेशनमा पदाधिकारीमै आरक्षणबाहेक अन्यमा पनि महिला उम्मेदवार बनाउनु पर्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।
अहिलेको १४ औँ अधिवेशनमा केही जिल्लामा महिला सभापति बनेर नेतृत्व आउनु खुसीको कुरा भएको भुसालको भनाइृ छ । यसरी नै केन्द्रीय नेतृत्वमा महिलाअघि बढ्नु पर्ने र अवसर पनि दिनु पर्ने उनले बताइन् ।
‘विधानमा एक जना महिला सह महामन्त्रीबाहेक अन्य सभापति र महामन्त्रीम स्थानमा महिलाको सम्बोधन गरेको छैन,’ उनले भनिन्, ‘अन्य पदाधिकारीको पदमा महिलालाई लैजान पनि साथीहरूका बीचमा समूहगत रुपमा निर्णय गर्नुपर्छ ।’
कांग्रेसमा क्रियाशील महिला सदस्य नवीकरण र नयाँ गरेर एक लाख ९९ हजार ९७ जना रहेका छन् । जुन २२.६२ प्रतिशत हुन् । कांग्रेसको नयाँ विधानअनुसार ८ वटा संरचनामा एक तिहाई महिला सहभागिता रहनु पर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण केन्द्रमा पनि न्यूनतम ५६ जना महिला सदस्यले प्रवेश पाउने छन् ।
त्यसका लागि कांग्रेसले केन्द्रीय कार्य समितिको नौ सदस्य पदमा महिलाबीच मात्रै प्रतिस्पर्धा हुने गरी खुला आरक्षणको व्यवस्था गरेको छ । १४ औँ महाधिवेशनको तल्लो तहको ५६ जिल्लाको वडा अधिवेशन सकिएको छ । अन्य २१ जिल्लाको क्रियाशील विवादका कारण अधिवेशन रोकिएको छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पेलेर नै अधिवेशन गरेको भन्दै पौडेल पक्षले त्यो नगर्न पटक पटक ध्यानाकर्षण गराएका थिए । त्यसलगतै शुक्रबार बेुलका अधिवेशन तालिका हेरफेर गरिएको थियो । आगामी २७ गते भनिएको नगर अधिवेशन सरेर असोज ५ गते पुगेको छ ।
समावेशिताको सवाल मधेशमा झनै पेचिलो अहिले वर्तमान केन्द्रीय कार्य समितिको पदाधिकारीमा हेर्दा उपसभापति विजयकुमार गच्छदार, थारू समुदायका र उपसभापति विमलेन्द्र निधि र कोषाध्यक्ष (महिला) सीतादेवी यादव मधेसी समुदाय छन् ।
त्यसबाहेक पदाधिकारीमा खस आर्य समूदायका पुरुषको एकलौटी छ । मधेसमा पार्टी राजनीति र सत्ता दुवैमा पुरुषबीच नै प्रतिस्पर्धा छ । जसले गर्दा महिला नेतृत्वमा जान चाहे पनि मुस्किल छ ।
मधेसमा समावेशिताको सवाल झनै पेचिलो बनेको केन्द्रीय सदस्य किरण यादव बताउँछिन् । उनका अनुसार कांग्रेस त विपी कोइरालाकै पालामा समावेसी थियो । उनले भनिन्, ‘नयाँ विधानमै महिला, दलित र मधेसीसहित ८ जना सहमहामन्त्रीमा सुनिश्चित गरेका छौँ ।’
अन्य पार्टीभन्दा कांग्रेसको व्यवस्था राम्रो बनेको उनको दाबी छ । वि.स २०१६ सालमा विपीकै नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा कांग्रेसभित्र लैङ्गिक र समावेशीकरणको प्रयास गरेका थिए ।
हाल कांग्रेसमा क्रियाशील सदस्य मधेसी ९५ हजार १४१ जना रहेका छन् जुन कुल क्रियाशील सदस्यताको १०.८१ प्रतिशत हो । थारु २७ हजार ६१५ क्रियाशील रहेका छन् । जुन ३.१३ प्रतिशत हो ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।










आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया