महाधिवेशन निश्पक्ष नहुने देखेपछि पौडेल पक्षले बोलायो छुटटै भेला

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाविधेशन अन्तरगत डडेलधुरा जिल्लामा प्रहरी प्रशासनको बलमा सभापति शेरबहादुर देउवाले वडा अधिवेशन गरेको र प्रदेश नम्बर दुई लगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको विषयमा संस्थापन इतर समुहका नेताहरुले छलफल गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समुहका नेताहरुले सोमवार दिउसो २ वजे छलफल गर्ने भएका छन् ।
सभापति देउवाले डडेलधुरामा गराएको अधिवेशनपछि संस्थापन इतर समुह निष्पक्ष महाधिवेशन हुने शशंकित बनेको छ । देउवाले प्रदेश नम्बर दुई लगायत काठमाडौँ, सिन्धुपाल्चोक लगायत आफु कमजोर भएको जिल्लामा क्रियाशील सदस्यता समेत टुंगो नलगाएपछि महाधिवेशन तोकिएको समयमा हुनेमा समेत शशंकित बन्दै आएको छ ।
प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ। भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ । यी सवै विषयमा छलफलका लागि पौडेल पक्षले भेला छुटटै बोलाएको हो ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया