कमेडी च्याम्पियनका ‘उत्कृष्ट तीन’को गजुरीयल विश्लेषण !

काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन २’ आगामी २ असोजमा विजेता घोषणा हुँदैछ । प्रतियोगिताको फाइनलमा तीन प्रतियोगी भरतमणि पौडेल, सन्तोष थापा र विक्की अग्रवाल पुगेका छन् । तीनै प्रतियोगी अहिले भोटिङ अभियानमा छन् । विजेता घोषणा हुने दिन नजिकिँदै गर्दै कमेडी च्याम्पियनका निर्णायक मध्येका एक मनोज गजुरेलले भने तीनै प्रतियोगीबारे विश्लेषण गरेका छन् । उनको विश्लेषणमा फाइनलमा पुगेका तीन प्रतियोगीको विशेषता र उनीहरुले गरेका प्रस्तुतिको चर्चा गरिएको छ ।
गजुरेलको विश्लेषण !
विकी अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा हुन् भने भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण हुन् । त्यसैगरी सन्तोष थापालाई विकी र भरतमणीको सुन्दर ‘फ्युजन’को रुपमा लिन सकिन्छ ।
विकीका प्रस्तुतीहरुमा ‘वर्ड प्ले’को प्रभावकारी योग, ‘प्रप्स’को आकर्षक प्रयोग, ‘वान लाईनरको सही सदुपयोग , ‘अन एक्स्पेक्टेड ईन्ट्री’ र ‘आउट अफ बक्स कन्टेन्ट’ को प्रचुरता पाईन्छ भने भरतमणीमा ‘उत्कृष्ट क्यारिकेचर’, ‘हुबहु अभिनय’, ‘भेराईटीज अफ कन्टेन्ट’ र पफर्मेन्समा कन्फिडेन्स देखिन्छ ।सन्तोस थापाका सेटमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्ग्यानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतीमा शालिनता र सरलता भेटिन्छ ।
कमेडी च्याम्पियनको फाईनल ईपिसोडसम्म आईपुग्दा ‘टप थ्री’का केही अविस्मरणीय प्रस्तुतीहरु कहिल्यै बिर्सन सकिँदैन । विकी अग्रवालको ‘यहाँनीर दुख्छ हो’, ‘एयर होस्टेज-बस कन्डक्टर’, ‘हरिमाया भाउजू’, ‘फिल्म डाईरेक्टर’, ‘रावणको पुनर्जन्म’, ‘पेन्टोमाईम’ लगायतका प्रस्तुतीहरु सम्झन लायक छन् । भरतमणीका ‘घरबेटी र डेराबाल’, ‘डाक्टर साहेब’, ‘जेष्ठ नागरिक दु:ख’, ‘पत्रकारको कथा’, ‘पुर्व युबराज पारसको क्यारिकेचर’ लगायतका प्रस्तुतीहरु दर्शकका मनमा बसि रहनेछ्न ।
त्यसैगरी सन्तोस थापाका ‘अङ्ग्रेजी टिचेर’, ‘महोत्सवको कथा’, ‘डेलिभरी ब्वाईको पीडा’, ‘मपनी व्यापारी’, फिनालेमा प्रश्तुत गरेको ‘भरत-विकीको चेपुवा’ लगायतका प्रश्तुतिहरु जिवन्त र हास्यब्यङ्ग्यात्मक थिए । हजारौंबाट सयौं, सयौंबाट दर्जनौं, दर्जनौंबाट ‘उत्कृष्ट ३’ मा आईपुग्नु चानचुने कुरो होईन । यसकालागि तिनैजनाले कडा मेहेनत गरेका छन् । उनीहरु मध्ये जो ‘च्याम्पियन’ बनेपनि नेपाली हास्यब्यङ्ग्यमा एउटा बलियो ईँटा थपिने आशा गर्न सकिन्छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया