सभामुखले बोलाएको सर्वदलीय बैठकमा जालान् त ओली ?
एमाले प्रमुख सचेतक भन्छन् : निधो त भईसकेको छैन, तर पनि सभामुखले माधव नेपालहरुलाई कारवाहीको सूचना जारी गरे हामी छलफलमा जान्छौ, नत्र जादैनौं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार ७ पटक सम्म प्रतिनिधीसभाको बैठकमा नारावाजी गदै अवरुद्ध गरेपछि ससभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्रवान गरेका छन् । चिठि नै लेखेर उनले सर्वदलीय बैठकमा सहभागिताका लागि नेताहरुलाई निम्तो गरेका छन् ।
नयाँ बानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा बैठक दिँउसो साँढे २ बजेका लागि बोलाईएको छ ।
संसदमा जारी गतिरोध अन्त्य लगायतका विषयमा छलफलका लागि भन्दै सभामुख सापकोटाले सम्वाद पहल थालेका हुन् ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई बोलाईएको छ ।
तर सभामुखले सम्वादका लागि बोलाएको सर्वदलीय बैठकमा ओली जालान् या नजालान् ? के गर्लान् ? चासोको विषय छ ।
एमालेले संसद अवरुद्ध गर्दा मुख्यतः दुई ओटा विषय उठाईरहेको छ ।
पहिलो : एमालेले निश्कासन गरेका माधव नेपाल लगायत १४ सांसद संसदमा गैह सांसद भईसके । उनीहरु सहभागी हुने बैठक चल्न सक्दैन ।
दोस्रो : सभामुख अग्नि सापकोटा सम्मले मर्यादा भुलेर निश्पक्षता देखाएनन । एमाले फुटाउने षडयन्त्रको उनी समेत मतियार बने ।
एमालेले निरन्तर यही मुख्य दुई प्रश्न उठाँउदै संसद बैठक अवरुद्ध गरिरहेको छ ।
एमालेले सभामुख नै मान्दिन, माधव नेपाल लगायत १४ सांसदलाई सांसद नै मान्दिन भनेपछि सभामुख र सत्तापक्षले पनि पेलेरै संसदको बैठक यस अगाडी बढाएका थिए । नारावाजीकै वीचमा सरकारले संसदमा दल विभाजनलाई सहयोग पुग्ने राजनीतिक दल सम्वन्धी अध्यादेश टेवुल गरेको छ । वजेटमा प्रतिस्थापन अध्यादेशमार्फत नयाँ संसोधित वजेट सरकारले प्रमुख प्रतिपक्षको नारावाजीकै वीचमा ल्याईसकेको छ ।
तर दुई दिन निश्ककै गर्मागर्मीका साथ चलेको संसद आइतबार भने केही मथ्थर थियो । यधपी एमालेको अवरोध कायमै छ । आइतबार दुई चरणमा चलेको सदन एमालेले अवरोध गरेपछि अरु प्रक्रिया अगाडी नवढाई २९ गतेसम्मलाई स्थगित गरिएको छ । आज सम्वादका लागि समय लिएर सभामुखले सवै संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलका नेताहरुलाई निम्तो गरेका छन् ।
अव प्रश्न उठ्छ सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओलीले के गर्लान् ? ‘खोई अध्यक्ष के गर्नुहुन्छ, अहिले नै थाहा भएन, म विरामी भएर वसेको छु जानकारी हुन सकेन,’ एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले मेरोन्यूजसँग भनिन् ।
ओलीलाई संकट !
सभामुखले सम्वादको प्रक्रिया नै अगाडी नवढाई पेलेर जान खोजेको आरोप पनि नारावाजीकै वीचमा एमालेले लगाईरहेको छ । तर सम्वादका लागि बोलाईएको बैठकमा उपस्थित हुन पनि ओलीलाई अप्ठ्यारो छ । आफैले एकातिर सभामुखलाई पदीय जिम्मेवारी निश्पक्ष ढंगले निर्वाह नगरेको भनी प्रश्न उठाएर संसद अवरुद्ध गरिएको छ । अर्काेतिर आफुले सांसद नै नमानी गैह सांसद भनेका माधव नेपाललाई पनि सर्वदलीय छलफलका लागि सभामुखले निम्तो पठाएका छन् ।
यसले ओलीलाई सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नैतिक अप्ठ्यारो देखिएको छ । सर्वदलीय बैठकमा नजाँदा सम्वादमा सभामुखले बोलाउँदा सम्म नगएको र सत्तावाट वाहिरिनु पर्दाको पीडा भूल्न नसकेको आरोप जनस्तरमा लाग्ने भय पनि ओलीमा छ ।
२३ भदौ गतेदेखि सुरु भएको संसद अधिवेशनमा एमालेले संसद अवरुद्ध गरिरहेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै विरोध जनाएको छ ।
‘यस विषयमा कुनै निधो भएको छैन । अध्यक्षले केही जानकारी गराउनु भएको पनि छैन । नेतृत्व तहमा छलफल भईरहेको हुनसक्छ । तर अहिले केही भनिसक्नुभएको छैन’, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मेरो न्यूजसँग भने,–‘आजै जानु पर्छ भन्ने छैन । सभामुखले सूचना जारी गरे भने हामी छलफलमा जान्छौ, नत्र जादैनौं ।’
सभामुखको शैली एमालेलाइ संसदमा वाइपास गरेर जाने नै देखिएको भटटराईले बताए ।

















Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापतिले छोडिन् पार्टी
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया