मंगलबार, पुष १५, २०८२

जागिर लगाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०७८ भदौ २८ गते ११:५२

काठमाडौँ । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति दुई हजार ५ सयका दरले रकम उठाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका ४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका २७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई गत भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया