प्रदेश १ नेकपा एसको दलको नेतामा राई चयन
मेरोन्यूज
२०७८ भदौ २८ गते १२:०५

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । आज बिहान बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
नेकपा एमाले विभाजित भएसँगै निर्वाचन आयोगले नेकपा एस रोजेका १० प्रदेशसभा सदस्यलाई मान्यता दिएको थियो । सोहीअनुसार दलको नेतामा राईलाई चयन गरेको हो ।
नेकपा एसको पक्षमा सनाखत गरेको प्रदेशसभा सदस्यलाई शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो ।
प्रदेश १ मा दलको नेता राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेका थिए ।
यससँगै बहुमत प्राप्त मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । यससँगै आगामी असोज ९ गतेभित्र उनले विश्वासको मत लिइसक्नु पर्ने छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया