एमसीसीको विरोध गर्दै सडकमा उत्रिए विप्लव

काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज् कर्पोरेसन (एमसीसी)को विरोध गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ प्रदर्शनमा उत्रिएका छन् । एमसीसी खारेज गर्नु पर्ने माग राख्दै उनी प्रदर्शनमा उत्रिएका हुन् ।
सोमबार दिउँसो काठमाडौंस्थित माइतीघरमा भएको प्रदर्शनमा महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायत नेताहरु सहभागी थिए ।
नेकपाले गत २३ गते सम्पूर्ण जिल्लाहरू, स्थानीय तह र सहरहरूमा कोणसभा गरेको थियो । यस्तै, २५ गते देशव्यापी विरोध प्रदर्शन, १६ गते एमसीसी सम्झौता कागज सबै जिल्लाहरूमा जलाउने, २७ गते जिल्ला सदरमुकाम र सहरहरूमा सिटी जुलुस र एमसीसी खारेजसम्बन्धि लेखेको बेलुन उडाउने र २८ गते काठमाडौँमा प्रदर्शनसहित सभा गर्ने र सोही सभालाई विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
सडक र विद्युत प्रशारण लाइनसम्बन्धि अमेरिकाले ५ सय मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । यसका लागि एमसीसीकी उपाध्याक्ष फातिमा सुमार चार दिने भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया