एमसीसीको विरोध गर्दै सडकमा उत्रिए विप्लव

काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज् कर्पोरेसन (एमसीसी)को विरोध गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ प्रदर्शनमा उत्रिएका छन् । एमसीसी खारेज गर्नु पर्ने माग राख्दै उनी प्रदर्शनमा उत्रिएका हुन् ।
सोमबार दिउँसो काठमाडौंस्थित माइतीघरमा भएको प्रदर्शनमा महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायत नेताहरु सहभागी थिए ।
नेकपाले गत २३ गते सम्पूर्ण जिल्लाहरू, स्थानीय तह र सहरहरूमा कोणसभा गरेको थियो । यस्तै, २५ गते देशव्यापी विरोध प्रदर्शन, १६ गते एमसीसी सम्झौता कागज सबै जिल्लाहरूमा जलाउने, २७ गते जिल्ला सदरमुकाम र सहरहरूमा सिटी जुलुस र एमसीसी खारेजसम्बन्धि लेखेको बेलुन उडाउने र २८ गते काठमाडौँमा प्रदर्शनसहित सभा गर्ने र सोही सभालाई विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
सडक र विद्युत प्रशारण लाइनसम्बन्धि अमेरिकाले ५ सय मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । यसका लागि एमसीसीकी उपाध्याक्ष फातिमा सुमार चार दिने भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया