एमसीसीविरुद्ध नेकपा विप्लवको प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २८ गते १३:५५

काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज् कर्पोरेसन (एमसीसी)को विरोधमा नेपाल कम्यनिष्ट पार्टी नेकपा ‘विप्लव’ समूहले प्रदर्शन गरेको छ । एमसीसी खारेज गर्नु पर्ने माग राख्दै नेकपाले प्रदर्शन गरेको हो ।

सोमबार दिउँसो काठमाडौंस्थित माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतको सहभागीता थियो । यस्तै नेकपा विप्लवले एमसीसीविरुद्ध विरोध सभाको पनि आयोजना गरेको छ ।

सडक र विद्युत प्रशारण लाइनसम्बन्धि अमेरिकाले ५ सय मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । यसका लागि एमसीसीकी उपाध्याक्ष फातिमा सुमार चार दिने भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया