एमाले अध्यक्ष ओलीले दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगसहितलाई विपक्षी बनाई दायर गरेको रिटमाथिको सुनुवाई हेर्न ‘नभ्याइने’ भएको छ । न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाई परे पनि बार समन्वय समितिको बैठकका कारण हेर्न नभ्याइने भएको हो । उक्त समितिमा वरिष्ठतम न्यायाधीशद्वय कार्की र खड्कासमेत रहेका छन् ।
नेकपा एमालेले कारबाही गरी सांसद पदबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखत गरी नयाँ दल दर्ता गर्न आयोगले सहयोग गरेको भन्दै सर्वोच्चमा रिट परेको हो ।
एमालेले साउन २५ गते केन्द्रीय कमिटीको बैठक बसेर माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सचिवालयले सो सूचना टाँस नगरेपछि नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए ।
आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएसँगै संसद सचिवालयले नयाँ दल दर्ता भएकाले कारवाही नहुने बताएको थियो ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया