दशैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण
मेरोन्यूज
२०७८ भदौ २८ गते १४:४९

काठमाडौं । यो वर्षको बडादशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।
गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यसपालि कोरोनाको संक्रमणमा कमी आएर देशैभर निषेधाज्ञा हटाइएसँगै नयाँ नोट वितरण गर्ने निर्णय भएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई नोट दिन थालिसकेको र सर्वसाधारणलाई असोज ४ गतेदेखि सटही गर्ने योजनामा रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
सर्वसाधारणका लागि बैंकले ५, १०, २०, ५० र १ सय रुपैंयाँ अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन् ।
प्रवक्त ढकालकाअनुसार एक व्यक्तिले राष्ट्र बैंकबाट १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।
सम्बन्धित










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया