संसद भवनमा सर्वदलीय बैठक शुरु, एमालेद्वारा बहिष्कार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा शुरु भएको बैठकमा नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल सहभागी छन् ।
राप्रपा सांसद राजेन्द्र लिङ्देन भने उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसक्ने सभामुखलाई जानकारी गराएका थिए ।
यस्तै, सर्वदलीय बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
प्रमुख विपक्षी दल एमालेले भने यसअघि नै सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने बताएको थियो ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै राजीनामा मागेका छन् । एमालेको गरेको संसद अवरोधकै कारण गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
















एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया