शनिबार, वैशाख २७, २०८२

यात्रुलाई बुझाइयो छुटेका ६ थान सुनको गहना

मेरोन्यूज २०७८ भदौ २८ गते १५:२८

काठमाडौँ । धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइएको छ । भीमदत्त नगरपालिका १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाएकी थिइन ।

छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र औँठी दुई थान रहेका छन् । गहनासँगै नगद रकम हजार रुपैयाँसमेत बुझाइएको छ ।

प्रतिक्रिया