प्रधानमन्त्रीले एमसीसी पढ भन्नु भयो रे, हामीले पढेका हौँ : विप्लव

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसीबाट आएको पैसाले देशमा कायापलट नहुने बताएका छन् । उनले एमसीसीबाट नेपालमा कायापलट हुनभन्दा नेपालको संविधान काम नलाग्ने बनाउने प्रयास रहेको बताए ।
उनले पैसाले मात्रै देश विकास र समृद्धि नहुने बताए । ‘विकास र समृद्धिको बाधक पैसा होइन, यसको मूल स्रोत सत्ता हो,’ उनले भने, ‘जनताको पक्षमा सत्ता भए धेरै विकास गर्न सकिन्छ, कुनै देश पैसाले मात्रै विकास भएको होइन, यसको पछाडि सत्ता हो ।’
सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचनासमेत गरे । ‘प्रधानमन्त्रीले एमसीसी पढ भन्नु भयो रे, हामीले नपढेको होइन, पढेर नै एमसीसीको विरोध गरेका हौँ,’ उनले भने ।
‘अहिलेसम्म विदेशबाट कति सहयोग आयो, कति ऋण आयो, यो पैसा सबै कहाँ गयो ? किन हिसाब आउँदैन ?’, उनले भने, ‘अहिले देशको बजेटभन्दा ऋण धेरै छ, यतिको ऋण लिएर सरकारले कहाँ के गर्यो ?’
उनले यदि, एमसीसीलाई जबरजस्ती पास गरे देशमा बलेको झिल्को रातो आगो भएर निस्कने बताए ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया