राष्ट्रिय गौरवको कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अलपत्र

काठमाडौं । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ ।
बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताए ।
आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ ।
हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै नभएको रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको उनले बताए ।
त्यस्तै, कोशी गाउँपालिका, सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन नसकिएको बताए ।
उनले प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताए ।
रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल र लिफ्टसहितको आकाशे पुल लगायतका संरचना निर्माण गरिनेछ ।
दुई चरणमा निर्माण कार्य थाल्ने गरी शुरु भएको परियोजना अन्तर्गत पहिलो चरणमा अहिलेसम्म जग्गा अधिग्रहण र माटो पुर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया