सर्वदलीय वैठकमा सभामुखलाई सुझाव
फेरि एमालेसहितको बैठक बोलाउन शीर्ष नेताको सुझाव

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सवैजसो राजनीतिक दलले सभामुख अग्नि सापकोटालाई सदनको गतिरोध हटाउने विषयमा पूनः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्वाद गरी सहमति खोजी गर्न सुझाएका छन् । सभामुख सापकोटाले संसदको जारी गतिरोध हटाउने उपायको खोजीका लागि सोमबार संसदमा प्रतिनिधत्व गर्ने सवै दलका शीर्ष नेतालाइ बोलाएर सर्वदलीय वैठक आह्रवान गरेका थिए ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजना भएको सर्वदलीय बैठकमा संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमाले नै उपस्थित भईदिएन । एमालेले सभामुखले बोलाएको बैठक वहिष्कार गरेको थियो ।
प्रमुख प्रतिपक्षी दलको वहिष्कारका कारण सर्वदलीय बैठकले जारी संसदको गतिरोध फुकाउने कुनै पनि उपाय भने पहल्यिाउन नसकेको बैठकमा सहभागी नेताहअरुले वताएका छन् ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेताहरुले फेरि पनि प्रमुख प्रतिपक्षी दल एमालेसँग वार्ता र सम्वादकै प्रयास जारी राखेर समस्याको समाधान खोजी गर्न नेताहरुले सभामुख सापकोटालाइ सुझाएका छन् ।
एमाले उपस्थित नहुँदा समस्या जे देखिएको थियो, त्यसको गाँठो फुकाउने विन्दु भने सभामखुले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले निकाल्न नसकेका हुन् । एमालेले एमाले विभाजनका लागि आफुहरुले कारवाही सिफारिस गरेका माधव नेपाल लगायत १४ नेतालाई सभामुखले पदमुक्तको सूचना प्रकाशित नगरी एमाले विभाजनको मतियार बनेको आरोप लगाउादै सभामुखको निश्पक्षतामा प्रश्न उठाउँदै आएको थियो ।
मधव नेपालको संसदमा उपस्थितीलाई नै अवैधानिक कहर गदै आएको एमालेले सभामुखले माधव नेपाल सहित बोलाएको बैठक पनि आज वहष्किार गरेको हो ।
२३ भदौंबाट शुरु भएको संसद अधिवेशन एमालेले निरन्तर अवरुद्द गदै आएको छ । सात पटक सम्म अहिलेसम्म एमालेले संसद बैठकमा नारावाजी गदै अवरुद्ध गरेपछि सभामुख सापकोटाले आज संसदमा प्रतिनिधित्व गर्ने सवै दलका शीर्ष नेतालाई निम्ता गरेर सर्वदलीय छलफल गरेका थिए ।
बैठकबाट निस्कने क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल केही नबोली वाहिरिए । प्रधानमन्त्री शेरवहादुर देउवाले पनि छलफल भयो भन्दै बाहिरिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने बैठकमा निश्कर्ष कुनै ननिस्किएको बताए । ठाकुरले आफुले प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभइृ के निश्कर्ष निस्केला भन्ने विषयमा धारणा राखेको बताए । उनले ५९ दिनसम्म विगतमा बैठक नचलेको विषयमा पनि स्मरण गदै अहिले त थोरै दुई तिन दिन मात्र भएको बताए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संसद प्रतिपक्षको भएकोले प्रतिपक्षले नै अहिलेको समस्याको समाधानका वारेमा पन िगम्भिर भएर सोच्नुपर्ने बताइन् ।
‘प्रतिपक्षीलाई सम्वादवाट समस्याको हल खोज्नु पर्छ । फेरि सर्वदलीय बैठक बोलाउन पहल गर्नुस भनेर हामीले सभामुखलाइ भनेका छौं । सभामुख र कानुनमन्त्रीले एमाले अध्यक्षलाइ बैठकमा सहभागि गराउनका लागि निक्कै प्रयास गर्नुभएको वैठकमा विफ्रिङ पनि भयो । तर एमालेका उपनेता सुवास नेम्वाङले अध्यक्ष ले बैठकमा नजाने बताएपछि एमालेहरु वैठकमा नअँएको कुरा पनि त्यहाँ बैठकमा थाहा भयो,’ पौडेलले सञ्चारकर्मीसाग भनिन्,–प्रतिपक्ष सदनमा हुन्छ । आएका समस्यालाई जटिलता फुकाउने धेरै आधार छन्, उहाहरु सम्वादमा आउन पर्छ ।’
कानुनले दिएको अधिकार अनुसार माधव नेपाल लगायत नेताले अलग पार्टी बनाईसकेपछि यसैलाई इगो मात्र बनाएर संसद अवरुद्ध गरिरहन नहुने उनले बताइन् ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया