सर्वोच्चको आदेशले अधिकृत तहको परीक्षा रोकियो

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण अधिकृत तहको परीक्षा रोकिएको छ ।
सर्वोच्चको आदेशबाट ब्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको लोक सेवा आयोगका उपसचिव प्रकाश गुरुङद्वारा जारी सूचनामा उल्लेख छ ।
लोकसेवा आयोगविरुद्ध परेको रिटमा सर्वोच्चले परीक्षा जुन अवस्थामा पुगेको छ, त्यही अनुरुप रोक्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतबाट २०७८ भदौ २५ मा संघीय मामिला तथा संघीय प्रशासन मन्त्रालयको साउन २९ र भदौ ३ को टिप्पपणी आदेश तथा निर्णय र सो बमोजिम उक्त मन्त्रालयबाट लोकसेवा आयोगका नाममा भदौ ८ मा गरिएको पत्राचार जुन अवस्थामा पुगेको छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावती २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया