नाइजेरियाको जेलमा आक्रमण: २४० कैदीहरू रिहा

नाइजेरिया । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् ।
उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन। मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ ।
नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन्, “कोगी राज्यको कब्बामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन्।“
आइतबारको हमलामा सशस्त्र बन्दुकधारीहरू संलग्न थिए । बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि प्रारम्भिक थुनुवाइमा थिए।
आक्रमणकारीहरूको खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामन्य होइनन्।
अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयम आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए।
द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्व मा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथक्तावादी आन्दोलनको सामना गरिरहेको छ। (एजेन्सी)
प्रतिक्रिया