एमसीसीबारे बाबुरामले मुख खोले, संसदबाट छिटै अनुमोदन गर्नुपर्छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्नुपर्ने बताएका छन् ।
गृह जिल्ला गोरखा पुगेर डा.भट्टराईले पत्रकराहरुसँग कुरा गर्दै एमसीसीबारे पहिलो पटक सार्वजनिक रुपमा मुख खोलेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताए ।
एमसीसीमा दलहरुबीच सहमति छिटो अनुमोदन गर्नुपर्ने उनले बताए । भट्टराईले आफ्नो पार्टी जसपाले निर्णय गरेर मात्रै नहुने भएकाले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए ।
जसपाले गोरखामा आयोजना गरेको कार्यक्रममा केही ब्यवसायीसहित विभिन्न पार्टी परित्याग गरेर भट्टराईले पार्टी प्रवेश गराएका थिए ।
सोमवार मात्रै एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो ।
















वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार जना पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया