के हो बाल अधिकार, नेपालको संविधानमा बाल अधिकार सम्बन्धि के छ व्यवस्था ?

काठमाडौँ । अाफुले गरेकोबाचा मैले बिर्सको छैन । बालमैत्रीपूर्ण देशबनाउन म हरेक कदमतत्पर हुनेछु । अहिले सम्म महिले चिनाउने भनेको एउटा जुन शब्द छ, त्यो हो कुनैबेला म बालबालिका क्षेत्रमा कामगर्थे र अहिलेसम्म पनि गर्छु भनेर अरूलाई सुनाउदा अाँफैलाई गर्व लाग्ने शव्द ।
बालबालिका क्षेत्रमा छुटाइएको बजेट अहिलेसम्म पनि बालबालिका क्षेत्रमा कुनकुन ठाउँमा लागू भएको छैनन् सम्बन्धित निकाए अाँफैले महसुस गर्नुहोस् । कुनै नगरपालिका गाउँपालिकामा यो वर्ष धेरै बालविवाह भएको देख्दादेख्दै पनि केही गर्न सकिएन भन्ने होइन सकिन्छ । तर विभिन्न नगरपालिका वा गाउँपालिकामा भएको महिला तथा बालबालिका केन्द्र के गर्दै छ सबैको ध्यानाकर्षण गराउन चाहान्छु ।
महिला तथा बालबालिका केन्द्र ले अझै पनि बालबालिका हकहितका निम्ति राम्रोकाम गर्दैनन् भने किन चाहियो त्यो विकट ठाउँमा महिला तथा बालबालिका केन्द्र ? साथै यहाँ नै जोड्न चाहे खिजिदेम्बा गाउँ पालिकामा छुट्टयाइएको बजेट बालबालिका क्षेत्रमा अझै लगानी भएको छैनन् भन्ने खबर सुनिन्छ, के कारणले हो ? किन यस्तो भएको छ ? सबै को ध्यानाकर्षण गराउन चाहान्छु ।
बाल दिवसका नारा
2078-सामान्य अवस्था वा कोभिड माहामारी: बाल अधिकारको संरक्षणको हामी सबैको जिम्मेवारी
2077- विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता
2076- सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार
2075- सुखि नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार
2074- बाल मैत्री शासन बाल अधिकारको सम्मान
बालदिवस सम्बन्धि जानकारी
बालदिवस भाद्र 29 Bs2016 देखी मनाउन सुरु ।
वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ ।
अन्तराष्ट्रीय बालदिवस Nov 20
नेपालले सबैप्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्य Bs2082 सम्म लिएको छ।
अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि सन् 1989 Nov 20
बालबिबाह मुक्त नेपालको पहिलो नगरपालिका – बुद्धभुमि नगरपालिका कपिलवस्तु [२०७६ भदौ १०]
बालविवाहमुक्त नेपालको पहिलो गाउँपालिका – ग्रामथान गाउँपालिका (मोरङ) [ 2076 बैशाख 17
बालबालिका को हक- धारा 39 भाग-3
बालअधिकार भनेको के हो ?
बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो ।
बाल अधिकार महासन्धी :
बाल अधिकार सम्बन्धि महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरुबीचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आर्दश र घोषणा पत्रमा मात्र सिमित नराखेर यसलाई बालविकासको व्यवहारिक स्वरुप दिन यस महासंधिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमदन गरिसकेको छ । आजको परिर्वतित समय संगसंगै बाल अधिकारलाई देशको मुल कानुन संविधानमै पनि समेटिएको छ ।
नेपालको संविधान २०७२ काे भाग ३, मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिए अनुसार :
१. प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण जन्म दर्ताको हक हुने छ ।
२. प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्यारसुसार खेलकुद मनोरञ्जन तथा सर्वागिण व्यक्तित्व विकासको हक हुने छ ।
३. प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक हुनेछ ।
४. कुनै पनि बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।
५. कुनै पनि बालबालिकालाई बाल विवाह गैर कानुनी ओसारपसरा र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन् ।
६. कुनै पनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृति वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन् ।
७. शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन् ।
८. बाल अनुकुल न्यायको हक हुनेछ ।
९. जोखिमा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।
उपधारा १० – कानुन विपरित बालबालिकालाई कलकारखाना, खानी, अन्य जोखिमपूर्ण काममा लगाउने बालबाल विवाह गैरकाुननी असोरपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समुहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुव्यवहार उपेक्षा, शारिरीक मानसिक यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा काुनन बमोजिक दण्डनिय, सजाय वा क्षतिपूर्ति हुनेछ ।
अधिकार र दायित्व
अधिकार नभइ नहुने र प्राप्त गर्नुपर्ने कुरा भएता पनि अर्को पाटोमा दायित्व र कर्तव्य पनि उत्तिकै महत्वपूर्ण कुरा हो ।
१. बालबालिकाले आफ्नो विचार भावना भन्न पाउनु र उनीहरुको कुराको सुनुवाई हुनु अधिकार हो भन्ने अरुको कुरा ध्यान दिएर सुन्नु अरुको विचार बुझ्नु जथाभावि नबोल्नु जिम्मेवारी हो । बालबालिकाका मनका कुरा र भावनालाई बुझिदिनु अरु सबैको दायित्व हो ।
२. गुणस्तरिय जीवन उपयोगी शिक्षा पाउनु अधिकार हो, ध्यान दिएर जतनका साथ पढ्नु जिम्मेवारी बालबालिकालाई उपयुक्त वातावरण निर्माण गरी उपयुक्त पठनपाठन मिलाउनु हामी सबैकोे सन्दर्भ हो ।
३. खोप पाउनु, विरामी हुँदा औषधि उपचार, रोग लाग्नबाट बच्ने उपाय थाहा पाउनु अधिकार स्वास्थ्य सरसफाईमा ध्यान दिनु हाम्रो जिम्मेवारी ।
बालबालिकालाई चाहिने खोप स्वास्थ्य सेवा दिनु सबैको दायित्व ।
४. छोराछोरी सबैले समान रुपमा अभिभावकबाट हेर विचार र माया पाउनु अधिकार सानालाई माया गर्नु ठूलालाई आदर गर्नु हाम्रो जिम्मेवारी हो ।
‘बालबालिकाहरुलाई उचित हेरविचार र माया गर्नु अरु सबैको दायित्व’
५. दुव्र्यवहार र हेलाबाट जोखिनु पाउनु बाल अधिकार हो भने मननपर्ने व्यवहार नगर्नु हाम्रो जिम्मेवारी
बालबालिकालाई हेला, हेपाई, दुव्र्यवहार नगर्नु सबैको दायित्व हो ।
६. शारीरिक,मानसिक तथा अन्य अपांगता भएका बालबालिकाले विशेष सुविधा सहयोग र संरक्षण पाउनु अधिकार हो भने उनीहरुलाई सहयोग गर्नु उपलब्ध सेवा सुविधाको सदुपयोग गर्नु हाम्रो जिम्मेवारी, त्यस्ता बालबालिकालाई विशेष व्यवस्था गरिदिनु सबैको दायित्व ।
७. स्वच्छ वातावरण पोषणयुक्त खाना अतिरिक्त क्रियाकलापमा सहभागिता मनोरञ्जन गर्न पाउने बालबालिकाको अधिकार हो भने वातावरण जोगाउनु, नियमित खानेकुरा बाँडिचुँडि खानु मिलेर सुरक्षित स्थानमा खेल्नु हाम्रो जिम्मेवारी ।
बालबालिका रहने ठाउँ सफासुग्घर राख्नु, पोषणयुक्त खाना प्रदान गर्नु मनोरञ्जन र अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु हामी सबैको दायित्व हो ।
८. बालबालिकाको जीवनमा असर गर्ने कुराको निर्णय गर्दा सहभागि हुन पाउने अधिकार हो । बिचार पु¥याएर निर्णय गर्न सघाउनु हाम्रो जिम्मेवारी हो । निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागीता र उनीहरुको विचारको कदर गर्नु हामी सबैको दायित्व हो ।
९. श्रम शोषणबाट जोखिन पाउनु अधिकार हो भने आफ्नो विकासमा असर नपर्ने गरी घरपरिवारको काममा सुघाउनु र सिक्नु जिम्मेवारी बालबालिकाको श्रमशोषण नगर्नु विकासमा असर गर्ने गर काममा नलगाउनु सबैको दायित्व हो ।
१०. नयाँ कुरा सिक्न जान्न हेर्न पाउनु अधिकार हो, सिकेका कुरा अरुलाई सिकाउनु र नजानेका कुरा जान्नु जिम्मेवारी नयाँ कुरा सिकाउनु र देखाउनु सबैको दायित्व ।
११. लिङ्ग , जात, धर्म, धनी, गरेको आधारमा भेदभाव हुनबाट जोगिन पाउनु अधिकार हो, समान व्यवहार गर्नु जिम्मेवारी र दायित्व हो ।
१२. परिवारको माया, स्नेह र असल व्यवहार पाउनु अधिकार हो । राम्रो व्यवहार गर्नु मिलेर बस्नु जिम्मेवारी हो ।
१३. कठोर सजाय, यातना तथा कानुनी कार्वाही हुनबाट जोगिन पाउनु, गल्ती सुधार गर्ने मौका पाउनु अधिकार हो । नराम्रो गतिविधिमा नलाग्नु कानुनको पालना गर्नु र असल नागरिक बन्नु जिम्मेवारी कानुनी कार्वाही गर्दा बाल न्याय प्रणाली अपनाउनु सबैको दायित्व हो ।
१४. सुरक्षा र संरक्षण पाउन अधिकार हो भने आफ्नो हितको बारेमा सचेत रहनु, दुर्वेसनिमा नलाग्नु जिम्मेवारी हो । बालबालिकाको सुरक्षा र संरक्षण गर्नु सबैको दायित्व हो ।
१५. सुचना र जानकारी पाउनु हाम्रो अधिकार हो । बालबालिकालाई नराम्रो असर पर्ने सुचना तथा जानकारीबाट टाढा रहनु जिम्मेवारी सुचना र जानकारी बाल उपयोगी बनाउनु हामी सबैको दायित्व हो ।

लेखिका नेपाल पुर्व बालकल्व अध्यक्ष हुन्
प्रतिक्रिया