शनिबार, वैशाख ५, २०८३

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि के भन्छिन् अनुष्का ?

मेरोन्यूज २०८२ वैशाख २९ गते १७:१३

काठमाडाैं । भारतीय ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। विराटले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट विश्राम लिने आफ्नो निर्णयको बारेमा जानकारी दिएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेपछि उनकी श्रीमती अनुष्का शर्माले आफ्नो प्रतिक्रिया दिएकी छिन्। साेमबार इन्स्टाग्राममा भावुक स्टाटस लेख्दै अनुष्काले विराटकाे प्रशंसा गरेकी छन् ।

“मानिसहरूले रेकर्ड र माइलस्टोन्सकाे कुरा गर्नेछन् – तर मलाई ती आँसु याद रहनेछन् जाे तिमिले कहिल्यै देखाएनाै, ती झगडा जाे कसैले देखेनन् र याे ढाँचाका लागि तिम्राे अटुट प्रेम । मलाई थाहा छ यी चिजहरूले तिमिबाट कति धेरै लिएका छन्। हरेक टेस्ट शृङ्खलापछि तिमि अलि बुद्धिमानी, अलि बढी विनम्र भएर फर्कियाै – र याे यात्रामा तिमिलाई परिवर्तन भएको हेर्न पाउनु मेरा लागि सौभाग्यको कुरा हो।” अनुष्काले लेखेकी छिन्, “यद्यपि, मलाई सधैं लाग्थ्यो कि तिमी सेतो पहिरनमा नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछौ – तर तिमीले सधैं आफ्नो मनको कुरा सुनेका छौ, त्यसैले म भन्न चाहन्छु: मेरो प्रिय, यो बिदाईको हरेक अंशको तिमी हकदार छौ।”

प्रतिक्रिया