तालिवानले छात्रालाई पढ्न दिने, पुरुषसँग कक्षामा बस्न नदिने

काठमाडौँ । अफगानिस्तानमा तालिवानी सरकारले छात्राले अध्ययन गर्न विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाका बीच छात्रालाई विश्वविद्यालय जान दिने बताएको हो ।
तर, एउटै कोठामा छात्रा र छात्रलाई राख्न नपाइने तालिवान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् । विश्वविद्यालयमा महिलालाई पुरुषभन्दा छुट्टै राख्न तालिवान सरकारका नयाँ शिक्षा मन्त्रीले निर्देशन दिएका हुन् ।
विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिवानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रुपमा लिइएको छ । अघिल्लो शासन कालमा अफगानिस्तानमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो ।
विश्वविद्यालयलाई लिंगका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागु पनि गरिने तालिवानले जनाएको छ । उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीलाई अध्यापन गराइने विषयको समीक्षा गरिने जानकारी दिए ।
तालिवानले महिलालाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर, गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिवानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ ।
तालिवानको अघिल्लोपटकको आफ्नै शासन कालमा भन्दा केही लचक भए पनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ । तालिवानले झण्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो ।
प्रदेश राजधानी कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिवानको हातमा आएको हो । उनीले अहिले काम चलाउ सरकार बनाएका छन् । अरु धेरै काममा अन्यौल देखिएको छ । एजेन्सी
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया