प्रतिस्थापन विधेयक पारित नहुँदासम्म सरकारी खर्च रोकिने

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन प्रतिस्थापन विधेयकको टुंगो नलागेपछि सरकारी खर्च बन्द हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक संसदमा विचाराधिन भएपछि सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको हो ।
यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने ब्यवस्था छ । बुधबारसम्म विधेयक पारित नभएमा ६० दिन पुग्नेछ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले जेठ १५ गते ल्याएको बजेट अध्यादेश साउन ३ गते संसदमा पेश भएको थियो ।
उक्त बजेटलाई प्रतिस्थापन गर्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक पेश गरेका थिए ।
प्रतिनिधिसभाको जारी नवौं अधिवेशन शुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । एमालेको अवरोधकाबीच नै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेका थिए ।
संसदको अर्को बैठक असोज ४ गतेका लागि तोकिएकाले भदौ ३० गतेदेखि असोज ४ गतेसम्म सरकारी खर्च प्रयोग गर्न नमिल्ने भएको हो ।
पेश्कि विधेयक पेश नगरिएकाले असोज ४ गतेको प्रतिनिधिसभा बैठकबाट पनि उक्त विधेयक पारित हुन नसकेमा अझै अन्यौलता बढ्नेछ ।
प्रधानमन्त्री भन्छन्– सरकारी खर्च रोकिँदैन
प्रधानमन्त्री शेरबहादुर देउवाले भने अहिलेको अवस्थामा पनि सरकारी खर्च नरोकिने बताएका छन् ।
संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा प्रधानमन्त्री देउवाले विगतमा खर्च भए जसरी नै राज्यकोषको रकम खर्च गरिने बताए ।
अर्थमन्त्री शर्माले भने प्रतिस्थापन विधेयक पारित नहुँदासम्म सरकारी खर्च रोकिन सक्ने बताए । तर ५/७ दिन राज्यकोषको खर्च रोकिँदैमा समस्या नहुने उनको भनाई थियो ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया