केडीसीले विमानस्थलमा र्यापीड पीसीआर ल्याव सञ्चालनमा ल्याउँदै, ३० मिनेटमै रिपोर्ट आउने
मेरोन्यूज
२०७८ भदौ २९ गते १५:१४

काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा र्यापीड पीसीआर ल्याब स्थापना गरेको छ । उक्त ल्याब बुधबारबाट यो ल्यावबाट सेवा सञ्चालनमा आउने भएको हो ।
केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताए । आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध गराएको उनले दावी गरे ।
केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ ।
मुख तथा दन्त स्वास्थ्य सेवामा छुट्टै छवि बनाएको यस संस्थाले विगत ८ बर्ष देखि जनरल हस्पिटल समेत सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया