माधव नेपाल एमालेबाट पक्लक्क उप्किएर गए : केपी ओली
प्रचण्डले आफ्नो पार्टीले कुनै ठाउँमा चुनाव नजित्ने भन्नुभयो, झन माधव नेपालले जित्ला र ? वडा सदस्यसमेत जित्दैनन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल नेता नभएको बताएका छन् । झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालप्रति लक्षित गर्दै उनले पार्टीको महासचिव र प्रधानमन्त्रीको पद चलाउन नसकेर राजीनामा दिने व्यक्ति नेता हुन नसक्ने बताएका हुन् ।
‘माधव नेपाल नेकपा एमालेको अभियानमा थिए,’ उनले भने, ‘काम गर्न सकेन, अहिले छुटे, उनी पार्टीमा यसरी जोडिएका रहेछन कि रसायन नै पुगेन, त्यसैले पक्कल उप्किएर गए ।’
यस्तै, ओलीले प्रचण्डले सही कुरा गरेको बताउँदै माधव नेपालले देशको चुनावमा वडा सदस्यसमेत नजित्ने बताए । उनले भने, ‘प्रचण्डले आफ्नो पार्टीले कुनै ठाउँमा चुनाव नजित्ने भन्नुभयो, झन माधव नेपालले जित्ला र ? माधव नेपाललाई किन भोट दिने ? एमाले फुटाएको भएर भोट दिने त कुरै भएन ।’
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले पार्टी र देशमाथि घात गर्दै एउटा झुण्ड लिएर गए बताए । जसले गर्दा देश र संसदलाई कठिन अवस्था आएको उनले बताए ।
‘चुनाव त आउला नि, अब १२–१४ महिनापछि चुनाव आउछ, कति दिन चुनाव टोर्न होर,’ अध्यक्ष ओलीले भने, ‘कहाँ जाने होर, हेर्नुहोस त नयाँ सरकार बनेको दुई महिना पूरा भयो, ४ जनाले देश घुमाएको छ, देशको समय खेर फालेको छ ।’
यस्तै, उनले नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन नभएको बताए । ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत पार्टी कायम नै छ, अदालतले पार्टी फुटाइदिएको हैन, पुनः पार्टी दर्ता गर्न भनेको हो, तर प्रचण्डले पार्टी फुटाएको बताउँदै हिँडे,’ उनले भने, ‘पार्टी फुटेको भन्दै नेकपाबाट प्रचण्डको गुट मात्रै हिँडेको हो, अहिलेसम्म माओवादीका साथीहरू एमालेमा नै विभिन्न जिम्मेवारीमा हुनुहुन्छ ।’
‘पिलो निचोरिदैमा वजन घट्दैन, तपाईहरूले देख्नु भयो नि एमालेको वजन घटेको छ त ?,’ माधव नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो, एमालेको वजन घटेको छ त ।’
उनले नेकपा माओवादी केन्द्रमा रहेका नेताहरू एमालेमा आउन आग्रह गरे । ‘प्रचण्डको मोह जालमा नफस्नु, प्रचण्डले दुनियाँ नै ढाटेर खाएको छ, उहाँ एउटा असल बुवा, असल काका, असल ससुरा हुन्, असल सम्धी हुन्, तर धोकेबाज नेता हुन्,’ उनले भने ।
















काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया